बिपी साहित्य सम्मान रेग्मी र सेनानी सम्मान कायस्थलाई

काठमाडौं– जननायक बिपी कोइराला स्मृति ट्रष्टले बिपी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ कवि मदन रेग्मी र बिपी सेनानी सम्मान एवं पुरस्कार तिलकप्रसाद कायस्थलाई प्रदान गर्ने भएको छ ।
ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले शनिवार एक विज्ञप्ति जारी गरी आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि रेग्मीलाई बिपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी कायस्थलाई बिपी सेनानी सम्मान प्रदान गर्न लागेको जानकारी दिनुभयो ।
पाँच दशक पहिलेदेखि साहित्य साधनामा रहेर नेपाली काव्य साहित्यमा महत्वपूर्ण योगदान पुर्याएवापत रेग्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।
उहाँलाई एक लाख एक हजार रुपैयाँ नगद र सम्मानपत्रद्वारा सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत योगदान पुर्याएवापत कायस्थलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।
उहाँलाई ५१ हजार नगद र सम्मानपत्रद्वारा सम्मान गरिने छ ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा डा.ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको समितिले पुरस्कार तथा सम्मानका लागि रेग्मी र कायस्थको नाम छनोट गरेको हो ।
उक्त पुरस्कार तथा सम्मान बिपी जयन्तीको अवसर पारेर यही भदौ २४ गते प्रदान गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक पराजुलीले बताउनुभयो ।
विसं २०७१ देखि प्रदान गर्दै आएको बिपी साहित्य तथा सेनानी सम्मान विसं २०७१ मा साहित्य सम्मान रत्नशम्शेर थापा, सेनानी सम्मान नुतन थपलिया, विसं २०७२ मा साहित्यिक सम्मान गोपाल पराजुली, सेनानी सम्मान स्व तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।
यस्तै विसं २०७३ को साहित्य सम्मान भुवन ढुङ्गाना र सेनानी सम्मान स्व श्यामलाल श्रेष्ठ, विसं २०७४ मा साहित्य सम्मान प्रा डा अभि सुवेदी र सेनानी सम्मान तीर्थराज चैतुलाई प्रदान गरिएको थियो । विसं २०७५ मा साहित्य सम्मान रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद बाँस्तोला, विसं २०७६ मा साहित्य सम्मान तिलविक्रम नेम्वाङ र सेनानी सम्मान मधुकान्त सिंहलाई र विसं २०७७ को साहित्य सम्मान ज्ञानमणि नेपाल र सेनानी सम्मान होमनाथ दाहाललाई प्रदान गरिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



