आजको वर्षा : विभिन्न जिल्लामा छ को मृत्यु, काठमाडौँका ३८५ घर डुबानमा

काठमाडौँ- मुलुकका विभिन्न क्षेत्रमा आएको भारी वर्षापछिको बाढी, डुबान र पहिरामा परेर छ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका अनुसार आज रोल्पामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–१० स्थित पूर्णबहादुर थापाको घरमा पहिरो खस्दा सोही घरमा बस्ने गौरी थापा र अर्का पाँच वर्षका बच्चाको ज्यान गएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
अन्य दुईजना घाइते भएका छन् ।
यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा आएको बाढीले दुई दिनअघि बगाइएका दुई व्यक्तिको शव आज फेला परेको छ ।
मृत्यु हुनेमा ना ३ ख १४४० नंका ट्रक चालक बद्री कार्की र अर्का गणेश थापा रहेका छन् ।
उनीहरु ट्रकसँगै बगेका थिए ।
उता जाजरकोटको नलघाट नगरपालिका–५ मा पहिरासँगै आएको ढुङ्गा लागेर १० वर्षका प्रचण्ड खड्काको मृत्यु भएको छ ।
अन्य गोरखबहादुर खड्का र सिला खड्का गम्भीर घाइते भएको जनाइएको छ ।
यस्तै प्यूठान नगरपालिकामा वर्षाका कारण कच्ची घर भत्किँदा देउकी विकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
यता रातिदेखि परेको वर्षाका कारण बाढी आउँदा काठमाडौँका ३८५ घर/टहरा डुबानमा परेको छ ।
काठमाडौँमा डुबानमा परेका २३२ जनाको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ ।
एउटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।
उता भक्तपुरबाट ५४ र ललितपुरको १५ जनाको उद्धार गरिएको र ती जिल्लाका खोलाका छेउछाउका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
मुलुकभर मनसुन सुरु भएयता जेठ ३० पछि अहिलेसम्म बाढी/पहिरो र डुबानमा परेर १२९ जनाको मृत्यु भएको छ ।
अन्य ४४ जना हराइरहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...