२४ घण्टामा १४ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ २२, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १४ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा ११ हजार १ सय ११ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै यो अवधिमा ३९ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा दुई हजार ७२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको दुखद निधन भएको छ ।
मन्त्रालयले हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३ रहेको समेत उल्लेख गरेको छ ।
यो अवधिमा ८० हजार ४ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।