संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत खतिवडा

वासिङ्टन डिसी- अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गर्नुभयो ।
अमेरिकी सरकारका प्रतिनिधीसमेत उपस्थित रहनुभएका कार्यक्रममा राजदूत खतिवडाले अमेरिकी सरकारले मानवीय सहायता र विकासको साझेदारका रूपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा अमेरिकी सरकारको तर्फबट दक्षिण एसिया मामिलाका कार्यवाहक सहायक मन्त्री डिन थम्पसनले नेपाल र अमेरिकाबीच लामो मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउँदै नेपालको प्रजातान्त्रिकीकरण र समृद्धिका लागि अमेरिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा डिसीमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका अधिकारीलगायत नेपाली समुदायका प्रतिनिधि, सञ्चारकर्मीसमेतको उपस्थिति थियो । कोरोना महामारीका कारण दूतावासले छोटो र संक्षिप्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । यसअघि राजदूत खतिवडाले दूतावास परिसरमा नेपालको झण्डोतोलन गर्नुभएको थियो ।
–––
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...