२४ घण्टामा ५ संक्रमितको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो केही साता यता नेपालमा कोरोन भाइरसबाट संक्रमण हुनेहरुको संख्या निरन्तरत घटिरहेकोमा पछिल्लो २४ घण्टामा धेरै पछि सबैभन्दा कम संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा जम्मा ५ जना संक्रमितको दुखद निधन भएको छ ।

यो संगै नेपालमा हालसम्म ११ हजार ५३ जना संक्रमितको निधन भैसकेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

९ हजार ६ सय २६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ३ हजार ९ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १८ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५५ हजार २ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।