२४ घण्टामा १२५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ हजार ६७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यो अवधिमा २८ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

यो अवधिमा ६ जना संक्रमित दुखद निधन भएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ छ ।

त्यस्तै यो अवधिमा १ लाख ५६ हजार १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।