मदन-आश्रितको सम्झना
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले २३ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा आज जेठ ३ गते सोमबार मदननगर बल्खुस्थित नेकपा एमालेको पुरानो कार्यालयमा रहेको सालिकमा माल्यार्पण गर्नु भएको छ । वि सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । उहाँहरुको निधनको दिनलाई एमालेले देशभर विभिन्न कार्यक्रमसहित स्मरण गर्दै आएको छ ।
माल्यार्पण गरेपछि एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भण्डारीको जनताको बहुदलीय जनवाद दूरदृष्टिपूर्ण सिद्धान्त भएको र अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनका लागि सामयिक रहेको मुलुकको समृद्धिका लागि त्यसलाई पछ्याउँदै आफूहरु अघि बढेको बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, पार्टीका उपाध्यक्ष वामदेव गौतमलगायतले मदन–आश्रितप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...