अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले संघको २०२१/२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन ।
उनले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन् ।
‘पहिलो पटक एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिन्छौ । यो एउटा इतिहास रहनेछ । अर्को महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्,’ थापाले भनिन् ।
परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिइन् ।
सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने उनले बताइन् ।
उनले आफू निर्वाचित भएको खण्डमा एनआरएनमा आवद्ध हुने संख्या १५ लाख पुर्याउने दाबी गरिन् ।
अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेण्डालाई प्रमुखताका साथ उठाउने उनको भनाई छ ।
उनले विदेशमा हासिल गरेका सीपलाई नेपालमा ल्याई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन् ।
संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन् ।
घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका थापासहित बेलायतका कूल आचार्य र रसियाका डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...