पूर्वप्रधानमन्त्री केपी ओलीकी ‘छोरी’ले पाइनन् कापी-कलम !

मुगु– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका-८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ ।
असार महिनामा प्रारम्भ भएको शैक्षिक सत्र बितेको तीन महिना भइसक्दा पनि उनलाई हालसम्म कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन ।
ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब तीन महिना हुन लाग्दा पनि लामाको पढाइका लागि कुनै ध्यान नदिएको पारिवारिक स्रोतले बताएको छ ।
जुन प्रधानमन्त्री सरकारमा आएपछि लामालाई हेर्नुपर्ने भए पनि सरकारले गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको उनकी आमा छिचु लामाले गुनासो गरिन् ।
ुसहयोग गर्नु त परै जावस्, एक पटक पनि सोधपुछ गरिएको छैनु, छिचु लामाले भनिन् ।
एक वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री ओलीले एक पटक मात्र २० हजार रुपैयाँ पठाएका उनले बताइन् ।
त्यसपछि छोरीलाई कुनै पनि सहयोग नभएको आमा लामाको भनाइ छ ।
कोरोनाले थला परेका विद्यालय पनि विस्तारै खुलेका छन् ।
विद्यालय खुले पनि लामाको अध्ययन भने खुलेको छैन ।
लामालाई विद्यालय जान आवश्यक पर्ने सामग्री कापी, कलम, झोला, विद्यालय पोसाकलगायत खाजा, खानाको अभाव भएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार अहिले ठिल्लेलाई शैक्षिक सामग्रीको अभाव भएको छ ।
‘विद्यालयमा आउन त एक पटक आउँछन्, पोसाक लगाएको देखिँदैन, हातमा कापी, कलम पनि छैन, स्कुल आउने-जाने कामबाहेक अन्य केही भएको छैन’, उपाध्यायले भने ।
छोरीको समस्या समाधान गर्न वर्तमान प्रधानमन्त्री देउवालाई चाँडोभन्दा चाँडो अभिभावकत्वको जिम्मेवारी पूरा गर्न उनले अनुरोध पनि गरिन् ।
कर्णाली रारा पर्यटन वर्ष, २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामाको अभिभावकत्व ग्रहण गरेका थिए ।
तर, दुई वर्ष बितिसक्दा पनि ओलीले लामालाई पढाइ खर्च, गास, बास, कपास उपलब्ध नगराइदिँदा ‘प्रधामन्त्रीकै छोरी’भनेर आफन्तले नै गिज्याउन थालेका छन् ।
ठिल्ले अहिले बुद्ध माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् ।
उनी तीक्ष्ण भए पनि पठनपाठनमा आवश्यक सामग्री नहुँदा पढ्न कहिलेकाहीँ मात्र विद्यालय आउने गरेको विद्यालयले जनाएको छ ।
घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामाको ओलीले अभिभावकत्व ग्रहण गरेका थिए ।
अहिले घरमा बिहान-बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ ।
रारा पर्यटन महोत्सवमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् ।
उनको अवस्था पनि उस्तै छ ।
प्रधानमन्त्रीकी छोरी लामा र राधिकाकी छोरीले अहिलेसम्म भरपेट खान पाउँदैनन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



