दशैंको टीकाको साइत २९ असोज बिहान १०:०२ बजे

काठमाडौं– नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
दशैंको टीकाको साइत अक्टोबर १५ (२९ असोज) शुक्रबार बिहान १०ः०२ बजे रहेको समितिका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।
२१ असोज बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएका उनले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने बताए ।
उक्त दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने भएको अध्यक्ष अधिकारीले बताए ।
यसैगरी २२ असोज शुक्रबार बिहान ११ः५६ बजे झन्डा फेर्ने साइत रहेको र पश्चिम फर्केर झन्डा फेर्नुपर्नेछ ।
२६ असोज मंगलबार फूलपाती परेको र फूलपाती भित्र्याउन साइतको आवश्यक नपर्ने बताउँदै उनले फूलपातीको दिन सरस्वतीको पूजासमेत गर्नुपर्ने बताए ।
२७ असोजमा महाअष्टमी र सोही दिन कालारात्री पूजा परेको छ ।
२८ असोज बिहीबार महानवमी मनाइनेछ ।
२९ असोज शुक्रबार विजयादशमी परेको र उक्त दिन देवी विसर्जनपछि टीका लगाउनुपर्ने अधिकारीले जानकारी दिए ।
देवी विसर्जनको साइत २९ असोज शुक्रबार बिहान ८ः१९ बजे रहेको अधिकारीले न्युज कारखानालाई बताए ।
उनका अनुसार टीकाको साइत २९ असोज शुक्रबार बिहान १०ः०२ बजेको छ ।
टीका लगाइदिने व्यक्ति पश्चिम र टीका थाप्ने व्यक्ति पूर्व फर्कनु पर्नेछ ।
विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने रहेको र बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत रहेको उनले बताए ।
यस्तै २ कात्तिक मंगलबार कोजाग्रत पूर्णिमा र व्रत परेको अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार आश्विन शुक्ल पूर्णिमाका दिन २ कात्तिक मंगलबार सबै बलि पूर्ति गरिने र सोही रात कोजाग्रत पूर्णिमाको व्रत बसेर मनाइने छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...