ईपीएल : बर्ल र गुर्बाजको आक्रमक ब्याटिङमा काठमाडौंको विजयी सुरुआत

काठमाडौं- रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिग(इपिएल) मा विजयी सुरुआत गरेको छ ।
शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराएको हो ।
ललितपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
काठमाडौंको सहज जितमा बर्लले अविजित ७३ रन जोड्दा रहमानुल्ला गुर्बाजले ३६ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५९ रनको योगदान गरे ।
सात रन जोड्दा ओपनर सुवास खकुरेलाई गुमाएको काठमाडौंले ११ रनमा अमित श्रेष्ठलाई गुमाएको थियो ।
सुवास र अमितलाई ललितपुरका विकेटकिपर शंकर रानाले रनआउट गरे ।
१२–२ मा ब्याटिङका लागि आएका बर्लले ओपनर गुर्बाजसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै बर्लले चौथो विकेटका लागि राजु रिजालसँग अविजित ७० रनको साझेदारी गरका थिए ।
बर्लले ३३ बलमा ३ चौका र ७ छक्का मद्दतमा अविजित ६९ रन जोडे ।
यसअघि पवन सर्राफको अर्धशतकप्रेरित ललितपुर पेट्रियटस्ले काठमाडौं किग्स एलेभनलाई रनको १ सय ६४ लक्ष्य दिएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनायो ।
काठमाडौंका लागि पवन सराफले सर्वाधिक ६१ रन जोडेका थिए ।
आइतबार ईपीएलमा दुई खेल हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...