एमएमएका एक मात्र नेपाली खेलाडी रविन्द्रलाई सहयोग गर्न अपील

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– युवा पुस्तामाझ लोकप्रिय रहेको मिक्स मार्शल आर्ट (एमएमए) खेलका नेपालका एक मात्र अन्तर्राष्ट्रिय खेलाडी रबिन्द्र ढाँटले भारतमा आयोजना हुने अल्टिमेट फाइटिङ लीग (यूएफएल) मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

यसअघि यही अक्टोबर २ का दिन भारतको हिमाञ्चल प्रदेशमा आयोजना हुने भनिएको ‘यूएफएल ब्याटल अफ वारियर्स’ अब केही सातापछि आयोजना हुने खेलाडी ढाँटले द नेपाली टाइम्स अष्ट्रेलियालाई बताएका छन् ।

भारतका द ग्रेट खलीले खेलाउने उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता अब अक्टोबर १० अथवा १७ का दिन खेलाइने छ ।

उनी यतिबेला काठमाडौंको द पम्प जीममा लक एण्ड रोल टिमसँग प्रशिक्षण गरिरहेका छन् ।

यसैबीच, नेपालका यी खेलाडीलाई सहयोग गर्ने उदेश्यले गोफण्डमी डटकममा हेल्प रबिन्द्र फाइट फर नेपाल अभियान सञ्चालन गरिएको छ ।

तीन हजार डलर सहयोग राशी जुटाउने उदेश्यले सञ्चालन गरिएको उक्त अभियानमा हालसम्म ४ सय ९२ डलर संकलन भैसकेको छ ।

एक साताअघि सुमन रेग्मीले यो अभियानको थालनी गरेका हुन् ।

रबिन्द्रले उक्त अभियानलाई सम्बोधन गर्दै भारतका मोहन रञ्जनसंग प्रतिस्पर्धा गर्नका लागि आवश्यक पर्ने सामग्रीहरुका लागि सहयोगको अपील गरेका हुन् ।

बित्थड चिर गाउँपालिका, बझाङका स्थायी वासिन्दा २३ वर्षीय रबिन्द्र हाल कीर्तिपुर, काठमाडौंमा बसोबास गर्छन् ।

रबिन्द्रले यसअघि भारतमै सन् २०१८ तथा २०१९ मा आयोजना भएका प्रतियोगितामा नेशनल अवार्ड जितिसकेका छन् ।

६१ केजी तौल भएका रबिन्द्र नेपाली एमएमए फाइटरको रुपमा लोकप्रिय छन् ।

उनले सन् २०१८ मा दिल्ली एम्याचर एमएमएमा गोल्ट मेडल जितिसकेका छन् भने सने २०१९ मा मुम्बईमा आयोजित बडी पावर नेशनल च्याम्पियनशिप मुम्बई एम्याचर एमएमएमा पनि गोल्ड मेडल जितिसकेका छन् ।

त्यस्तै सन् २०१९ मै बैंग्लोर ओपन एमएमए च्याम्पियनशिपमा पनि उनले गोल्ड मेटल तथा बेस्ट फायटरको उपाधि जितिसकेका छन् ।

यसबाहेक २०१९ मै उनले एफओके च्याम्पियनशिप मध्यप्रदेश एम्याचुर एमएमएमा विजयी भएका छन् भने सन् २०१९ तथा २०२० मा यूएफएल च्याम्पियनशिप जितिसकेका छन् ।

उनले हालसम्म एम्याचर एमएमएतर्फ १५ वटा खेल खेलेकोमा सबैमा जित हासिल गरेका छन् भन् दुई वटा प्रो एमएमए खेलेर दुबैमा जीत हासिल गरेका छन् ।

रबिन्द्रलाई सहयोग गर्न यो लिंकमा जानु होला

https://gofund.me/e68eed3d