कोरोना अपडेट : संक्रमितभन्दा निको हुने बढी

काठमाडौं- सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको केसभन्दा निको हुने बढी रहेका जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ सय ३४ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या एक हजार दुई सय ७९ रहेको छ ।
८ हजार पाँच सय ८९ नमुनाको पीसीआर परीक्षण गर्दा सात सय ३० जना र पाँच हजार एक सय ४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४ गरी ८३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या १९ हजार एक सय ४२ जना रहेका छन् ।
जसमध्ये १७ हजार आठ सय १३ जना होम आइसोलेसन र एक हजार तीन सय २९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार तीन सय ६८ जना संक्रमित आईसीयू र एक सय २० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



