एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुृधवार साँझ अस्पताल भर्ना भएका छन् ।

नेपाल ज्वरो र खोकी कम नभएपछि अध्यक्ष नेता त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपाल ज्वरो र खोकीको समस्याका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनु भएको हो ।

गौतम भन्छन्–‘अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ, तर केही दिन आरामसहित उपचार गर्नु पर्ने चिकित्सकहरूको सल्लाह छ ।’

पूर्वप्रधानमन्त्री नेपाल सोमबारदेखि अस्वस्थ थिए ।

नेपालको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ ।