शुक्रबारदेखि १३ औं संस्करणको साफ च्याम्पियनसिप

काठमाडौं– साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औं संस्करण भोलि शुक्रवारदेखि माल्दिभ्समा प्रारम्भ हुँदैछ ।
साफ च्याम्पियनसिप १६ अक्टोबरसम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।
यस पटक साफमा पाँच राष्ट्र मात्र सहभागी हुँदैछन् ।
भुटानले कोरोना कारण सहभागी नहुने बताउँदा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाएको छैन ।
सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने साफमा साविक विजेता माल्दिभ्स, साविक उपविजेता भारतसहित नेपाल, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
तालिकाको शीर्ष दुईमा रहने टोली दक्षिण एसियाली च्याम्पियन बन्ने छन् ।
गत फागुनमा नेपालले मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताईरीलाई भित्र्याउँदै साफको योजना र प्रशिक्षण प्रारम्भ गरेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले अल्मुताईरीलाई आफ्नो मुख्यालयमा भित्र्याउँदै गर्दा उनले आफ्नो मूख्य लक्ष्य नेपाललाई साफको उपाधि दिलाउने बताएका थिए ।
उनले एन्फासँग सहयोग माग्दै खेलाडीलाई बढीभन्दा बढी अभ्यास दिन आग्रह गरे ।
त्यसयता, नेपाली टोली लगातार केही प्रतियोगिता, केही मैत्रीपूर्ण खेल, बन्द प्रशिक्षण र बन्द प्रशिक्षण क्रममा मैत्रीपूर्ण खेलमा रहेको छ ।
अब्दुल्लाहको आगमनसँगै नेपालले सात ठूला खेल खेलिसकेको छ ।
अब अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेल्ने साफ च्याम्पियनसिप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो ।
हाल दक्षिण एसियाली फुटबलबाट माथि उठ्न नसकेको नेपाली टोलीको ‘टार्गेट’ नै साफ उपाधि रहने गर्दछ ।
नेपालले साफको १३औं संस्करण आइपुग्दा हालसम्म उपाधि हात पार्न सकेको छैन ।
यति मात्रै हैन, नेपाल फाइनल नै पुग्न सकेको छैन ।
नेपाल सधैं साफको उपाधि दाबेदारी रह्यो र उपाधिबिहीन पनि । यस क्रममा नेपालले १३ संस्करण नै खेलेको छ ।
त्यसैले मालेमा नेपाली टोलीको लक्ष्य मात्र उपाधि हुनेछ ।
मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफ शुक्रबार उद्घाटन हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शनिबार आयोजक माल्दिभ्सको सामना गर्दैछ ।
खेल राति पौने १० बजेदेखि प्रारम्भ हुनेछ ।
साफमा नेपालको खेल– समय
नेपाल विरुद्ध माल्दिभ्स – असोज १६ गते – राति ९ः४५ बजे
नेपाल विरुद्ध श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे
नेपाल विरुद्ध भारत – असोज २४ गते – राति ९ः४५ बजे
नेपाल विद्ध बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे
नेपाली टिम
गोलकिपर – किरणकुमार चेम्जोङ ९कप्तान०, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी
स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



