माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

माले– शुक्रवार राति सम्पन्न साफ च्याम्पियनसिप-२०२१ अन्तर्गतको फुटबल खेलमा नेपालले माल्दिभ्सविरुद्ध १–० को ऐतिहासिक जित निकालेको छ ।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई पहिलो पटक हराएको हो ।

नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनीष डाँगीले ८६औं मिनेटमा उत्कृष्ट गोल गरेका हुन् ।

डाँगीले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई छलाएर गोल गरेका हुन् ।

यो नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।

खेलको दोस्रो हाफको सुरुआतदेखि नै नेपालले आक्रामक खेल खलेको थियो ।

यद्यपि, मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।