‘एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियो’ : महासचिव डा.शर्मा

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव तथा उपाध्यक्ष पदका प्रत्यासी डा.हेमराज शर्माले कोरोना कालमा गरिएका उद्धार तथा पुनःस्थापनकासंग जोडेर एनआरएनए नेतृत्वमाथि सुनियोजित आरोप लगाइएको बताएका छन् ।
मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा.शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए । आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा.शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए । ‘हामी यहीँ छौ । एनआरएनए छाडे पनि हामी हाम्रो ठेगाना दिन तयार छौं’, उनले चुनौति दिंदै भने- ‘संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबीन गराउने हो, गराए हुन्छ ।’ एनआरएनएको पुर्वनिर्धारित चुनाव रोक्न शक्तिकेन्द्रको आडमा परराष्ट्र मन्त्रालयमा गरिएको उजुरीलाई लक्षित गर्दै डा.शर्माले ‘संस्थालाई कुनै दलमा वा परराष्ट्र मन्त्रालयमा बुझाएर कसैको भलो हुँदैन ।’ विगत फर्जी मतदान गर्नेहरुले अनलाईन भोटिङको व्यवस्थापछि आफूले चलखेल गर्न सक्ने नदेखेपछि मन्त्रालय गुहारेका उनले बताए ।
तोकिएको समयमै चुनाव गर्न र संस्थालाई चलायमान बनाउनुको विकल्प नरहेको डा.शर्माको भनाइ छ । त्यसका लागि विवाद उत्पन्न भएका देशका प्रतिनिधिहरुलाई चुनावी प्रक्रियाबाट अलग गर्न सकिने पनि उनको भनाइ छ । एनआरएनएलाई पार्टीको अंग बनाउन चाहनेहरुले निशुल्क सदस्यको विरोध गरेका भन्दै एनआरएनएका सम्पूर्ण सदस्यले नै मतदान गर्ने व्यवस्था गर्न आफू तयार रहेको र त्यसका लागि अन्यलाई पनि चुनौति दिएका छन् । मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या पहिचान गर्ने र नेपाल सकारलाई झक्झकाउनका लागि दोस्रो महाधिवेशन कतारमा आयोजना गरिएको प्रष्ट पारे । मध्यपूर्वलाई सुरुमा एनआरएनए अभियानबाहिर राख्न सरकारी तवरबाटै प्रयास भएको जनाउँदै डा.शर्माले त्यसलाई रोक्न आफूहरुले निकै मेहनत गरेको स्मरण गरे ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



