वालुवाटारमा प्रहरी–प्रदर्शनकारी झडप

काठमाडौं— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका संघीय गठबन्धनका नेता–कार्यकर्ताहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसंग झडप भएको छ । राससले जनाए अनुसार संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपास घेराउ गरेपछि आज मंगलबार बालुवाटार घेराउ गरेको हो ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मीले बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र त्यस क्रममा एक प्रहरी सामान्य घाइते भएको जनाएको छ ।
प्रहरीसंगको झडपमा परी रञ्जित गोसामी घाइते भएको गठबन्धनमा आबद्ध दल संघीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिएका छन् । गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै मंगलबार बिहान १० बजेदेखि बालुवाटार घेराउ गरेको हो । गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सडकमा धर्ना दिएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ । यातायात अवरुद्ध भएका कारण यात्रु हिंडेर गन्तव्यमा जान बाध्य भएका छन् । आन्दोलनकारीलाई बालुवाटार वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिसम्म निषेधित क्षेत्र तोकेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...