भारतसंग १–० ले पराजित भयो नेपाल

काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आईतबा राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरेका हुन् ।
कप्तान खड्काले खेलको ८२ औं मिनेटमा फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन् ।
भारतका लागि सुनिलको यो ७७ औं गोल हो ।
नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले गोलका थुप्रै अवसरहरु खेर फालेको थियो ।
पहिलो हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा गर्न सकेनन् ।
नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।
खेलको ५७ औं मिनेटमा पनि भारतका मनबिर सिंहले गोलको अवसर गुमाए ।
सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरेका थिए ।
अकोतिर, नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।
यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
भारतले ३ खेलमा ५ अंक जोडेको छ ।
भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।
नेपालको यो पहिलो हार हो ।
नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
नेपाल दोस्रो स्थानमा झरेको छ ।
६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ।
भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।
अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्नेछ ।
अब बंगलादेशविरुद्ध बराबरी अथवा जित निकालेमा मात्र नेपाल फाइनलमा पुग्नेछ ।
बंगलादेशलाई भने फायनल पुग्नका लागि नेपालविरुद्ध जित्नै पर्नैछ ।
बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
जारी साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।
शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
श्रीलंका भने बाहिरिसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...