सगरमाथा चुचुरोमा एकै दिन डेढसय आरोही

काठमाडौं— सगरमाथा आरोहण प्रारम्भ भएको नवौं दिन आज बिहिबार मात्रै १ सय ५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक दिनमै १ सय ५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
राससका अनुसार आरोहीको भीँडले गर्दा कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन । अझै धेरै सयौंको संख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले बताएका छन् ।
प्रतिकूल मौसम भएपछि यसअघि गत मंगलबार तथा बुधबार गरी दुई दिन कुनै आरोहण हुन सकेको थिएन । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण दुई दिन आरोहण रोकिएको थियो ।
वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि आरोहण शुरु भएको थियो । सगरमाथा आरोहणको ६ दिन अर्थात् ३ जेठसम्म ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका १ हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् ।
तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...