भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं– सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा.शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा. श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०) र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...