इजिप्ट एयरको विमान बेपत्ता


काठमाडौं— पेरिसबाट काहिराका लागि उडेको इजिप्ट एयरको विमान वेपत्ता भएको छ । इजिप्ट एयरका अनुसार फ्रान्सको पेरिसबाट इजिप्टको काहिराका लागि उडेको उडान संख्या एमएस ८०४ को उक्त विमानमा ५९ यात्री र चालक दलका १० सदस्य थिए ।
विमान पछिल्लो पटक रडारको सम्पर्कमा रहेका बेला पूर्वी भूमध्यसागर माथि ३७ हजार फिटको उाचाईमा रहेको बताइएको छ । सम्पर्कबिहीन भएको इजिप्ट एयरको विमान अझै फेला परेको छैन । विमान पूर्वी भूमध्यसागरमा प्रवेश गरेलगैत राडारसंग सम्पर्क बिहीन भएको हो । ५६ जना यात्रु र १० जना चालकदलका सदस्यसहित उठेको फ्लाइट एमएस ८०४ को विमान नेपाली समय अनुसार बिहीबार बिहान साढे ६ बजेदेखि सम्पर्क बिहीन भएको हो । ११ हजार तीन सय मिटर माथिको उचाइमा उडिरहेका बेला विमानको सम्पर्क टुटेको हो ।
विमानले कठिन सिग्नल पठाएको इजिप्ट एयरले बताएपनि इजिप्टियन सेनाले भने त्यो अस्वीकार गरेको छ । ग्रिस तथा इजिप्टियन सेना विमानको खोजीमा जुटेका छन् । फ्रान्सले खोजीमा सहयोग गर्न डुंगा तथा विमान पठाउने भएको छ ।
विमानमा सबै भन्दा धेरै ३० जना इजिप्टका यात्रु छन् । त्यस्तै फ्रान्सका १५, इराकका दुई तथा बेलायतका एक नागरिक रहेको इजिप्ट एयरले जनाएको छ । क्यानडा, बेल्जियम, कुवेत, साउदी अरेबिया, अल्जेरिया, सुडान, चाड तथा पोर्चुगलका नागरिक पनि विमानमा छन् । यात्रुका आफन्त कायरो विमानस्थलमा भेला भएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



