एक भए फुटेका माओवादी

काठमाडौं— शान्ति प्रक्रियामा आएपछि विभिन्न छ वटा पार्टिमा बाँडिएका माओवादीका समूहबीच आज बिहिबार पार्टी एकता भएको छ । एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी सहित माओवादीबाट विभाजित समूहबीच पार्टी एकता भएको हो । पार्टी एकताका लागि अहिले बबरमहल स्थित एक पार्टिै प्यालेसमा संयुक्त अधिवेसन सञ्चालन गरिएको थियो ।
चार वर्षअघि एमाओवादीबाट विभाजित नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलसहितको बहुमत केन्द्रीय सदस्य र एमाओवादीबीच पुन: पार्टी एकता हुने भएको हो । पार्टी एकतापछि केन्द्रीय समिति कम्युनिस्ट आन्दोलनकै सबैभन्दा ठूलो ६ सय जनाको भएको छ ।
पार्टी एकता संयोजक समितिको बुधबार बसेको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको अन्तरिम राजनीतिक प्रतिवेदन र देव गुरुङले पेस गरेको अन्तरिम विधान मस्यौदा समितिले पास गरेको छ । एकता समितिले पार्टी एकतापछि बहुपदमा जाने निर्णय गरेको छ । बहुपदमा जाने निर्णय गरेपछि संगठनात्मक रूपमा जिम्मेवारी तोक्ने बारेमा विवादका कारण अधिवेशनपछि मात्र घोषणा हुने भएको छ ।
एकतापछि पार्टिका नाम ‘नेकपा माओवादी केन्द्र’ राखिने सम्भावना छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...