एक भए फुटेका माओवादी

काठमाडौं— शान्ति प्रक्रियामा आएपछि विभिन्न छ वटा पार्टिमा बाँडिएका माओवादीका समूहबीच आज बिहिबार पार्टी एकता भएको छ । एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी सहित माओवादीबाट विभाजित समूहबीच पार्टी एकता भएको हो । पार्टी एकताका लागि अहिले बबरमहल स्थित एक पार्टिै प्यालेसमा संयुक्त अधिवेसन सञ्चालन गरिएको थियो ।
चार वर्षअघि एमाओवादीबाट विभाजित नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलसहितको बहुमत केन्द्रीय सदस्य र एमाओवादीबीच पुन: पार्टी एकता हुने भएको हो । पार्टी एकतापछि केन्द्रीय समिति कम्युनिस्ट आन्दोलनकै सबैभन्दा ठूलो ६ सय जनाको भएको छ ।
पार्टी एकता संयोजक समितिको बुधबार बसेको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको अन्तरिम राजनीतिक प्रतिवेदन र देव गुरुङले पेस गरेको अन्तरिम विधान मस्यौदा समितिले पास गरेको छ । एकता समितिले पार्टी एकतापछि बहुपदमा जाने निर्णय गरेको छ । बहुपदमा जाने निर्णय गरेपछि संगठनात्मक रूपमा जिम्मेवारी तोक्ने बारेमा विवादका कारण अधिवेशनपछि मात्र घोषणा हुने भएको छ ।
एकतापछि पार्टिका नाम ‘नेकपा माओवादी केन्द्र’ राखिने सम्भावना छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...