भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

भैरहवा– भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ ।

साईकल सिटी भैरहवाका राइडरहरूले तिहारको बिदालाई सदुपयोग गर्दै आइतबार बिहान अर्घाखाँचीका लागि यात्रा तय गरेका हुन् ।

पर्यटनलाई थप ऊर्जा थप्न ‘अर्घाखाँची साइकल यात्रा–२०७८’ गरिएको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।

‘हाम्रो यात्रा तीन दिनसम्म रहने छ, आइतबार बिहान ५।३० बजे बुध्दचोकबाट यात्रा प्रारम्भ भएको छ । आइतबार कपिलवस्तु गोरुसिङ्गे हुँदै नरपानीमा बसाइ रहने छ ।

सोमबार बिहान सन्धिखर्क बजार अवलोकन भ्रमण गर्ने, मंगलबार नरपानीदेखि ढोरपाटन सडक, सालझण्डी हुँदै भैरहवा फर्किने कार्यक्रम रहेको उनले बताए ।

विपिन रेग्मीको संयोजकत्वमा १४ सदस्यीय साइकिलिस्टको टोली उक्त यात्रामा सहभागी छन् ।

कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित साइकल यात्रा गरेको अध्यक्ष सारु मगरले बताए ।