आज विश्व रेडियोग्राफी दिवस

काठमाडौं- आज साेमबार ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस ।
विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ ।
रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ ।
८ नाेभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म रोईन्टेनले रेडियोग्राफीको आविष्कार गरेका थिए ।
उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ ।
विल्हेल्मको जन्म सन् १८४५ मा जर्मनीमा भएको थियो ।
उनले फिजिक्समा मास्टर्स गरेका थिए र ज्यूरिख विश्वविद्यालयबाट पीएचडी पूरा गरेका थिए ।
उनलाई नै किरणहरूको नयाँ सेट पत्ता लगाउने श्रेयसमेत दिइन्छ । त्यो समयमा यो विषय अज्ञात रहेको थियो, जुन पछि एक्स–रेको रूपमा प्रसिद्ध भयो ।
सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।
युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।
एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्डले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गर्छ ।
रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरू पर्दछन् ।
मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुने गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...