आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस

काठमाडौं– आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो ।
सन् २००१ मा युनेस्कोले आह्वान गरेको यस दिवस पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो । त्यसयता निरन्तर रूपमा मनाइँदै आइएको यो दिवस विश्वव्यापी रुपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ । मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा हाम्रै अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ । पृथ्वीमा रहेका हरेक प्राणीको लागि जलवायुमा भइरहेको परिवर्तन गम्भीर खतराको रूपमा देखा परेको छ । हामीले सामना गरिरहेको केही विश्वव्यापी चुनौतीलाई विज्ञान, प्रविधिद्वारा सम्भव हुनसक्ने सम्भावित समाधानहरूलाई हामीसामु ल्याउने प्रयत्न यस दिवसले गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...