नोबेल शान्ति पुरस्कार विजेता मलाला वैवाहिक बन्धनमा

लण्डन- पाकिस्तानी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजायीले विवाह गरेकी छिन् । मलालाले बेलायतको ब्रिमिंगघामस्थित आफ्नै घरमा विवाह गरेको सामाजिक सञ्जालमा जानाकारी दिएकी छिन् । २४ वर्षीया मलालाले असर नाम गरेका व्यक्तिसँग विवाह गरेर परिवारसँग खुसीयाली मनाएको बताएकी छिन् ।
‘आज मेरो जीवनको विशेष दिन हो । असर र म बैबाहिक बन्धनमा बाँधिएका छौं,’ ट्विटरमा उनले लेखेकी छिन् । उनले असरसँग विवाह गरेको चार ओटा तस्विरसमेत पोस्ट गरेकी छिन् । पहिलो नाम बाहेक मलालाले आफ्ना श्रीमानबारे थप कुनै जानाकारी दिएकी छैनन् । इन्टरनेट प्रयोगकर्ताहरुले असर पाकिस्तान क्रिकेट बोर्डको हाई पर्फमेन्स सेन्टरका महाप्रबन्धक भएको दाबी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि भएको छैन ।
महिला र बालबालिकाको अधिकारका लागि गरेको योगदानका कारण मलाला पश्चिमेली मुलुकमा प्रख्यात छिन् । उनका गतिविधिलाई लिएर केही पाकिस्तानी विभाजित छन् । जुलाईमा मात्र बेलायतको भोग्यु म्यागेजिनलाइ अन्तर्वार्ता दिने क्रममा उनले विवाहबारे आफूले केही नसोचेको बताएकी थिइन् । ‘मानिस किन विवाह गर्छन भन्ने बारेमा मैले अझै बुझेकी छैन् । तपाइको जीवनमा कोही व्यक्ति छ भने तपाईले विवाहसम्बन्धी कागजमा किन हस्ताक्षर गर्ने ?’ उनले भनेकी थिइन् । उनको टिप्पणीपछि पाकिस्तानमा सामाजिक सञ्जालका प्रयोकर्ताहरुले चर्को आलोचना गरेका थिए । मलालालाई सन् २०१२ मा तालिवान लडाकुहरुले विद्यालयबाट घर फर्किने क्रममा गोली हानेका थिए । गम्भीर घाइते भएकी उनको बेलायतमा लामो समय उपचार भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...