हिमालयन फाउन्डेसनले हेलम्बुका बाढीपीडितका लागि १० घर बनाउने

काठमाडौं- सामाजिक कार्यमा सक्रिय हिमालयन फाउन्डेसन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बुका बाढीपीडितका लागि १० वटा घर निर्माण गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका कार्यालयमा हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठबीच घर निर्माण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्नीयाका अध्यक्ष शेरबहादुर लामा, प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार संघका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
‘अमेरिकामा बसे पनि आफ्नो गाउँघर सम्झिएर बाढीपीडितलाई सहयोग गर्न लाग्नु भएकोमा खुशी लाग्यो,’ कार्यक्रममा उपमेयर खड्गीले भनिन्– ‘जो जहाँ रहे पनि एउटा नेपालीलाई दुस्ख पर्दा अर्को नेपालीले सहयोग गर्नु निकै राम्रो कुरा हो । म पनि बाढी पीडितका लागि आफूले सके जति पहल गर्छु ।’
मेलम्ची खानेपानी योजनाको मुहान हेलम्बुमा रहेको र त्यहीबाट नै काठमाडौंमा पानी आउने भएकाले त्यहाँका पीडितलाई सबैले साथ दिनुपर्ने राय उनले राखिन् । सोही क्रममा उनले आफूले केही व्यक्ति तथा संस्थालाई पीडितको बसोबासका लागि घर बनाउन आग्रह गरे बमोजिम त्यहाँ हाल २५ वटा घर बनिरहेको जानकारी दिइन् । हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले गाउँपालिकासंगको सहकार्यमा हिमालयन फाउन्डेसन कर्पले बाढीपीडितका लागि घर बनाउने जमर्को गरेकोमा खुशी ब्यक्त गरे । आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको हिमालयन फाउन्डेसनका संस्थापक यज्ञलालले बताए ।
गत असार र साउनमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो । मेलम्ची र इन्द्रावती नदीको बाढीले त्यहााका सयौं घर बगाएर उजाड बगर बनाएको छ । लेदोसहित आएको बाढीले त्यहाा करोडौको क्षति पुऱ्याएको थियो । अहिलेसम्म पनि १६ जना स्थानीय हराइरहेको जानकारी पालिका अध्यक्ष शेर्पाले दिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



