अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा

दुबई– पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गरेको थियो ।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए भने मार्कुस स्टोइनिस र म्याथ्यु वेडले अविजित ४० र ४१ रनको विष्फोटक इनिङ खेल्दै टोलीलाई जिततर्फ पुरयाए । वेडले १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बनाउँदा स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्कासहित ४० रन बनाएका थिए ।त्यसअघि मिट्चेल मार्सले २८ रनको योगदान गरेका थिए । यद्यपि, छैठौ विकेटका लागि स्टोइनिस र वेडले गरेको ८१ रनको साझेदारी अष्ट्रेलियाका लागि जितको प्रमुख आधार बन्यो ।
पाकिस्तानका लागि सादब खानले ४ तथा शाहीन शाह अफ्रिदीले १ विकेट लिए । पहिलो इनिङमा ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । फकर जमानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५५ बलको अविजित अर्धशतकीय इनिङ खेल्दा कप्तान बाबर आजमले ३९ रनको योगदान गरेका थिए ।अष्ट्रेलियाका लागि मिचेल स्टार्कले २ तथा प्याट कमिन्स र एडम जाम्पाले १र१ विकेट लिए । यो जितसँगै फाइनलमा पुगेको अष्ट्रेलियाले आइतबार फाइनलमा न्युजिल्यान्डसँग खेल्ने छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...