टी-२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

दुबई– अस्ट्रेलियाले टी-२० विश्वकप-२०२१ को उपाधि आफ्नो पक्षमा पारेको छ ।

अस्ट्रेलियाका डेविड वार्नर तथा मिचेल मार्शको ऐतिहासिक इनिङले अस्ट्रेलियाले यो उत्कृष्ट उपलब्धि हासिल गरेको हो ।

यो संगै सन् २०१५ पनि २०२१ मा मात्रै अस्ट्रेलिया ने कुनै विश्वकप फाइनलमा न्यूजील्याण्डलाई हराएको हो ।

आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी–ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो ।

न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ७७ र डेभिड वार्नरले ५३ रन जोडे ।

कप्तान आरोन फिन्च ५ रनमै आउट भए भने ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ८५, मार्टिन गुप्टिल २८, ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन बनाए ।

त्यस्तै जेम्स निसले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन जोडे ।

न्यूजील्याण्डको हातमा पुन: एक पटक निराशामात्र हात लागेको छ ।

सन् २०१५ को वनडे विश्वकपको फाइनलमा अस्ट्रेलियाले नै न्यूजील्याण्डलाई हराएर विश्वकप जितेको थियो ।

त्यो बेला ५० ओभरको खेल थियो र न्यूजील्याण्डका कप्तान ब्रान्डन म्याक्कुलम थिए ।

अहिले टी–२० विश्वकप हो र अस्ट्रेलिया पुन: एक पटक च्याम्पियन बनेको छ ।

न्यूजील्याण्डले यही वर्ष टेस्ट च्याम्पियनशिप जितेको थियो, तर टी–२० विश्वकपको उपाधि उसको पक्षमा परेन ।