नोभेम्बर १९ देखि शहीद स्मारक ए डिभिजन लिग

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग–२०७८ फुटबल प्रतियोगिताअन्तर्गत सुरुआती दुई चरणका सम्पूर्ण खेलहरू दशरथ रङ्गशालामा हुने पक्का भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
यसअघि एन्फाले लिगको खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।
यही शुक्रवारदेखि प्रारम्भ हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रङ्गशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइने छ ।
उक्त खेल अपराह्न ४ः४५ बजेदेखि प्रारम्भ हुनेछ ।
लिगमा विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब रहेका छन् ।
त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब सहभागी छन् ।
उक्त प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर १०० र भीआइपीतर्फ ५०० सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् ।
अघिल्लो सिजनको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो ।
लिग विजेता टोलीले ७५ लाख तथा उपविजेताले ५० लाख रुपैयाँ पाउनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...