लमजुङमा बस दुर्घटना, ११ को मृत्यु

लमजुङ— लमजुङको मध्यनेपाल नगरपालिका–५ स्थित तारेभीरमा बिहिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमा र दुई जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको दुईपिप्ले, सोतिपसल हुँदै जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस भीरबाट झण्डै ३ सय मिटर तल खसेको थियो ।
सहचालकले चलाएका कारण दुर्घटना भएको घाईते यात्रुले प्रहरीलाई बताएका छन् । सवारीका चालक सुरज बिकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी सोतिपसलमा राखिएको छ भने सवारी चलाउने सहचालक सुन्दरबजार नपा १३ का सन्तोष बसौलालाई उपचारका लागि पोखरा लगिएको छ । घटनामा मृत्यु हुने र घाईते हुने सबै मध्यनेपाल नगरपालिकाको वडा नम्बर १ का हुन् । मृत्यु हुनेहरुमा ४० वर्षिया रमा गुरुङ, ६० वर्षीय रामकृष्ण गुरुङ , ८० वर्षिया चिनमाया गुरुङ, ३५ वर्षीय राजिव गुरुङ, ४५ वर्षीय शेरबहादुर थापा, ३० वर्षीय गणेश गुरुङ, ४५ वर्षिया मिना कुमारी गुरुङ, १८ वर्षीया सविना खवास, ४५ वर्षीया नारायण थापा, १६ वर्षिय सागर थापा तथा ३ महिनाकी जया खवास छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...