आज एमाले स्थायी कमिटी बैठक, ओलीले पत्रकार सम्मेलन गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले साेमबार स्थायी कमिटी डाकेकाे थियाे, तर नेताहरुकाे कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएकाे थियाे । एमालेकाे १०औँ महाधिवेशनकाे तीन दिन अघि स्थायी कमिटी बस्न लागेकाे हाे । बैठकले महाधिवेशन प्रतिनिधि मनाेनयन गर्ने नेता तामाङले जानकारी दिए ।
एमाले महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिकाे पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयकाे हाराहारीमा महाधिवेशन प्रतिनिधि मनाेनित हुनेछन् । बैठकमा महाधिवेशनकाे तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ । यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसाे २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...