‘आगामी निर्वाचनपछि एमाले नेतृत्वमा सरकार’ : अध्यक्ष ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनबाट एमाले सबैभन्दा ठूलो शक्ति बन्ने र सरकार बनाउने दावी गर्नुभएको छ ।
चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित एमाले दशौं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो दावी गर्नुभयो ।
एमाले चुनावको तयारीमा जुटिसकेको चर्चा गर्नुहुँदै उहाँले अवको अभियानमा नागरिकलाई एमालेमा प्रवेश गराउने अभियान शुरु हुने बताउनुभयो ।
महाधिवेशन सम्पन्न हुनेवित्तिक पूर्व लडाकुको व्यवस्थापन गरिने चर्चा गर्नुभयो ।
एमालेमा प्रवेश गर्न पूर्व लडाकुहरु तयारी अवस्थामा रहेको उहाँले दावी गर्नुभयो ।
नेपालमा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमाले कटिवद्ध रहेको र पारस्परिक हित र लाभका आधारमा छिमेक एवम् अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने पक्षमा रहेको बताउनुभयो ।
छिमेकीसँग केही समस्या छन् भने छलफलको माध्यमबाट समाधान गर्ने पक्षमा एमाले रहेको उहाँले चर्चा गर्नुभयो ।
एमालेको नीति विद्वेष र विरोधको नभएर राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्ने रहेको चर्चा गर्नुभयो ।
लिम्पियाधुरा, कालापानीसहित नेपाली भूभाग संवादको माध्यमद्वारा फिर्ता लिने प्रतिवद्धता जनाउनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो- ‘हामी छिमेकीसँग कटुता र बैमनस्यता बढाउने पक्षमा छैनौं, संवाद र छलफलको माध्यमबाट समस्या समाधान गर्ने पक्षमा छौं ।’
हाम्रो परराष्ट्र नीति पनि विश्वका राष्ट्रसँग सहकार्य र सहअस्तित्वको आधारमा सम्बन्ध बनाउने रहेको उहाँले चर्चा गर्नुभयो ।
देशमा सबैभन्दा बढी जनताले मन पराएको शक्ति एमाले भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकको सामन्ती शासन, राणा, राजतन्त्रको अवशेष फाल्नेदेखि मुलुकको रुपान्तरणमा महत्वपूर्ण भूमिका एमालेले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने ऐतिहासिक अभिभारा एमालेले बोकेको पनि उहाँले बताउनुभयो ।
आउँदो चुनावपछि बन्ने एमाले नेतृत्वको सरकारले विकास निर्माणका बाँकी काम पूरा गर्ने पनि अध्यक्ष ओलीले चर्चा गर्नुभयो ।
नेपाललाई अब गरिब रहने छुट नरहेको बताउनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो- ‘देश बनाउनका लागि एमालेको झण्डामुनी सबै गोलबद्ध हुनुहोस्, देश हाम्रै नेतृत्वमा बन्छ ।’
देश बनाउने सबै शक्तिहरुलाई एमालेमा गोलबद्ध हुन पनि उहाँले आव्हान गर्नुभयो ।
लामो समय भएपनि शान्तिप्रक्रिया नटुङ्गिएकोमा उहाँले शान्ति प्रक्रिया चाँडै टुङ्गो लगाउन आवश्यक रहेको बताउनुभयो ।
निकट भविष्यमा निर्वाचनहरु आउँदैछ, अब एमाले चुनाव र जनमतको तयारीमा जानुपर्छ उहाँले पार्टी पङ्तिलाई निर्देश गर्नुभयो ।
‘देश बनाउन र सार्वभौमसत्ताको रक्षाका लागि बहुमत ल्याउनुपर्ने छ, सरकार बनाउनका लागि होइन’ अध्यक्ष ओलीले थप्नुभयो- ‘अव नौ वर्षभित्र दीगो विकास लक्ष्य हासिल गर्नुछ, छोटो समयभित्र नेपाललाई समृद्ध र साधनस्रोत सम्पन्न देश बनाउनु पर्नेछ ।’
एमालेले बलिदानको ७२ वर्ष पार गरेको पार्टी भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो- ‘वास्तविक अर्थमा क्रान्तिकारी र अग्रगामी परिवर्तनका लागि आवश्यक नीति तर्जुमा र कार्यान्वयन गर्ने पार्टी हो एमाले ।’
एमालेको महाधिवेशनलाई विश्वभरबाट नागरिकले हेरिरहेको उहाँले बताउनुभयो । एमालेजस्तो कार्यक्रम अरु दल र शक्तिले पनि सिक्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।
लोकतन्त्र समृद्ध राष्ट्र निर्माण, समृद्ध नेपाल र सुखी नेपालीका लागि चाहिएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो-‘नेपाली जनताका लागि बनाइएको संविधान नेपाली जनताको आवश्यकता र औचित्यताको आधारमा संशोधन गर्न सकिन्छ, हामी त्यो मान्यतामा छौं ।’
हिजोका दिनमा हिंसात्मक गतिविधि गरिरहेका शक्तिलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराइएकाले अव नेपालमा समूहगत हिंसा नरहेको उहाँले बताउनुभयो ।
नेपालमा लगानीको वातावरण तयार रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न उहाँले आव्हान गर्नुभयो ।
नेपालमा राजनीतिक समस्या समाधान भइसकेकाले राजनीतिक सहमतिकै आधारमा देशलाई समृद्ध बनाउने अवको बाटो रहेको अध्यक्ष ओलीले चर्चा गर्नुभयो ।
एमालेको दशौं महाधिवेशनमा आएर देशको प्रधानमन्त्री शेरबहादुर देउवाले गरिमा बढाइदिनुभएकोमा अध्यक्ष ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।
विदेशी पाहुनाहरुको महत्वपूर्ण उपस्थितिका लागि उहाँले सबै पाहुनाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
एमाले सामाजिक सदभाव राष्ट्रिय एकताको पक्षमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
एमालेको महाधिवेशनको निम्तो स्वीकार गरी कार्यक्रममा आउनुभएका सबै विदेशी पाहुना, देशका राजनीतिक दलका शीर्ष नेताहरु, कार्यक्रममा सहभागी सबै नागरिक, शुभेच्छुक सबैमा अध्यक्ष ओलीले स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा उत्साहपूर्ण सहभागिताका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...