एमालेको १०औँ महाधिवेशन : मतदान जारी

साैराहा- नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा मंगलबार बिहानदेखि मतदान जारी छ । राति २ बजेदेखि मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेदेखि मात्र मतदान प्रारम्भ भएको हो ।
पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् ।
ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए । यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ । एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमालेको १०औँ महाधिवेशन १० मंसिरदेखि जारी छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...