एनआरएनए राष्ट्रिय अध्यक्षहरूकाे भेलाः तत्काल निर्वाचनको माग

लण्डन- गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षहरूले संघको निर्वाचन तत्काल गराउन माग गरेका छन् । गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले बुधबार आयोजना गरेको राष्ट्रिय अध्यक्षहरूको जुम भेलामा बोल्ने बक्ताहरूले यस्ताे माग गरेका हुन् ।
गैरआवासीय नेपाली संघ इटालीका अध्यक्ष छबीलाल कँडेलले संघमा देखिएको विवादले विदेशमा रहेका नेपालीमा विभाजन ल्याएको बताए ।उनले संघभित्र देखिएको समस्याले एनआरएनएप्रति वितृष्णा भएको बताए । एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्न आग्रह गरे । उनले संघको केन्द्रीय समिति र एनसीसीबीच समन्वय हुनु पर्नेमा जोड दिए । उनले संघको विवाद टुंग्याएर तत्काल चुनाव गर्न माग गरे एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्ताफाले संघको १०औँ महाधिवेशन चाडो भन्दा चाडो हुनु पर्नेमा जोड दिए । उनले संघका अधिकांस राष्ट्रिय समिति तत्काल विवाद मिलाएर निर्वाचनमा जानु पर्ने पक्षमा रहेको बताए । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संघको नेतृत्वलाई सबै पक्षलाई समेटर लैजना सुझाव दिए । संघका सल्लाहकार विश्वआर्दश पण्डितले नयाँ निर्वाचन समिति गठन गरेर छुट्टै निर्वाचन घोषणा गर्न आग्रह गरे ।
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि २६ डिसेम्बरमा मिति तय भएकाे छ । नेतृत्वका लागि डा. बद्री केसी, रविना थावा र कुल आचार्य चुनावी मैदानमा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...