पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

ताप्लेजुङ- माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान-बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो । धरानको भेडेटारबाट दसैँयता ७० उडान भएको छ । यस क्रममा ४५० भक्तजन भेडेटारबाट ताप्लेजुङको पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक पविन श्रेष्ठले बताउनु भयो । बिहान-बिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारवासी उठ्ने बानीको विकाससमेत हुँदै गएको ताप्लेजुङका स्थानीयवासी चितेन लिम्बूले बताउनु भयो । सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
धरानबाट रु ३२ हजारमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका बजार प्रबन्धक श्रेष्ठले बताउनु भयो । यस वर्ष हेलिकोप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एण्ड टुरले जनाएको छ । यात्रुका हिसाबले एकपटकमा पॉच जना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा रु एक लाख ६० हजार आम्दानी गर्ने गरेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट रु १० हजार, पॉचथरको फिदिमबाट रु २२ र इलामको कन्यामबाट रु ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिर्सोटका सञ्चालक सुरेश लिम्बूले बताउनुभयो ।
काठमाडौँबाट सिधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताउनुभयो । तर हेलिकोप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ, हेलिकोप्टरबाट आउनेको छैन’, काफ्लेले भन्नुभयो । दसैँको नौरथा सुरु भएको असोज २१ देखि मङ्सिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क समितिसँग छ । पाथीभरामा तीर्थयात्रीले चढाएको रु आठ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालु आव २०७८ को असार मसान्तसम्म रु तीन करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति) रु तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल रु आठ करोड भेटी सङ्कलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



