इतिहास रच्दै भद्रा वाईबा बनिन् काउन्सिलर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७८
सिड्नी, अष्ट्रेलिया
डिसेम्बर ४ मा सम्पन्न न्यु साउथ वेल्स राज्यको स्थानीय निर्बाचनमा क्याण्टाबरि ब्यंक्सटाउन काउन्सिलबाट निर्बाचित बनि भद्रा वाईबा यस काउन्सिल अन्तर्गत रोजल्याण्ड वार्डको काउन्सिलर बनेकी छन् । स्थानिय राजनीतिमा भर्खरै उपस्थिति जनाउदै आएको नेपाली समुदायबाट इतिहास रच्दै
अष्ट्रेलियाको स्थानीय चुनावमा विजयी भद्रा पहिलो निर्बाचित प्रतिनिधि हुन्।  अष्ट्रेलियाको लेबर पार्टीबाट निर्बाचन लडेकी भद्राले यसै संगै यहाँको निर्बाचित निकायमा नेपाली समुदायको पहिलो नेपाली, पहिलो महिला र पहिलो आदिबासी नेपालीको रुपमा इतिहास रचेकी छन्।
नेपाली समुदायका गतिबिधिमा पनि उत्तिकै सक्रिय भद्रा वाईबा २०१३ देखि लेबर पार्टीको सदस्य बनि आफ्ना श्रीमान एबं नेपाली समुदायका सम्मानित व्यक्तित्व गणेश तामांग संग संगै अष्ट्रेलियाका बिबिध स्थानीय गतिबिधिमा सक्रिय थिइन्।  पेशाले नर्श भद्राले अष्ट्रेलियन समुदायमा कोभिड प्यनडेमिकका समय र त्यो भन्दा गरेका बिबिध स्वयंसेवी कार्यहरुको उक्त क्षेत्रका सबैले प्रसंसा गर्ने गर्छन।
काउन्सिलरमा निर्बाचित भए संगै वाईबाले आफ्नो यस चुनावी अभियानमा सहयोग गर्ने सबै स्वयंसेवक र मतदाताहरु लाई धन्यबाद व्यक्त गर्दै यो जित संगै आफ्नो वार्ड र समुदायमा अझ सक्रिय भएर लाग्ने बताइन्।  नेपाली समुदायले गरेको साथ सहयोग प्रति पनि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समुदायका आवाजलाई स्थानीय सरकार सम्म पुराउन आफु सधै लागि रहने बताइन।
यस पटकको स्थानीय निर्बाचनमा न्यु साउथ वेल्स राज्यका बिभिन्न काउन्सिलबाट नौ जान प्रतिस्पर्धी मध्ये एक जनाले विजय हासिल गरि यहाको राजनीतिमा औपचारिक प्रवेश गरे संगै नेपाली समुदायका सबैले खुशी व्यक्त गरेका छन्।