नेपाली खाना चिनाउँदै जेनिशा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७८
सिड्नी, अष्ट्रेलिया
सिड्नीको ब्यस्त वेष्टमिड प्राइभेट हस्पिटल भित्र अवस्थित हस्पिटल कै स्वामित्वको (क्यान्टिन) क्याफेमा कार्यरत जेनिशा गौतमले हालै नेपाली खानाका परिकारहरु सहित एक दिने नेपाल फुड फेस्टिभल सम्पन्न गरिन् । गत २ बर्ष देखि यहाँ कार्यरत पेशाले सेफ जेनिशाले खाना कुनै पनि देश चिनाउने सबै भन्दा बलियो मध्यम भएको यसबाट संस्कृति र रहन सहन पनि झल्कने भन्दै केहि समय अगाडी हस्पिटल ब्यबस्थापन संग फुड फेस्टिभलको लागि अनुमति लिएकी थिइन्।
हाम्रा देशका खानाका परिकार साच्चै नै भिन्न छन् जसरि फरक पहिचान लिएर बिशाल देश चिन र भारतको बीचमा नेपाल रहेको छ।  हाम्रो खानामा पनि उही भिन्नता र बिशेषत भएका कारण हाम्रो स्वाद चिनाउन जरुरि रहेको कारण आफुलाई यस्तो कार्यक्रम गर्न मन लागेको जेनिसाले बताइन।
नेपालको पर्यटन पर्बर्दनमा बिभिन्न तरिकाले गरिने प्रचार प्रसार मध्ये खानपिन र स्वादको माध्यम अविस्मरणीय हुने उनको बिश्वास फुड फेस्टिभल संगै प्रमाणित भएको उनले नेपाली टाईम्स संगको कुराकानीमा बताईन । दिन भर जस्तै नेपाली झन्डा, नेपाली गित संगीत र धुनले त्यहाँको बाताबरण नै भिन्न र नेपाल नै पुगेको जस्तो अनि धेरैले निक्कै चासोको साथ जानकारी लिएको उक्त कार्यक्रममा ठुलो संख्याका खानाका पारखी हस्पिटल स्टाफ लगाएतले उक्त फुड फेस्टिभलमा सहभागी बनेका थिए।
नेपाली कला संस्कृति र संगीतलाई असाध्यै माया गर्ने र प्रबासमा रहेर पनि नेपाली गायन र मोडलिङ्गलाई पनि निरन्तरा दिदै आएकी जेनिशाले फुड फेस्टिभलको यो पहिलो कार्यक्रम नै निक्कै सफल पछि हस्पिटल ब्यबस्थापनले छिट्टै अझ बिशेष तयारीका साथ फुड फेस्टिभल गर्नको लागि अनुमति दिएकोले छिट्टै नै नेपाली खानाको प्रबर्दनका लागि यस्ता थप कार्यक्रमहरु फेरि आयोजना गर्ने बताईन।