सभापतिसहितको प्यानल बनाउन कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टा–छुटै बैठक

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् । बुधबार दुबै समूह बैठकमा जुटेका छन् । संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बस्दैछ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा प्रारम्भ भएको छ ।
केही समयअघि प्रारम्भ भएको बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा।रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् । सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी थिए । तर, चार आकांक्षीमध्ये कोही पनि बैठकमा नबस्ने भनेपछि पौडेल पनि बाहिरिएका छन् । बैठकले छलफल गरेर आकांक्षीहरूलाई सुझाव दिनेछन् ।
मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पाँच घण्टासम्म बसेको बैठकले बुधबारसम्म सभापतिको साझा उम्मेदवार तय गर्ने भन्दै टुंगिएको थियो । बैठकमा सभापतिमध्येका एक आकांक्षी डा।शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा।शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।
उता, संस्थापन पक्षको बैठकमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानिलकण्ठ प्रस्थान गरेका छन् । उनी १० बजे बालुवाटारबाट बुढानिलकण्ठका लागि प्रस्थान गरेका हुन् । देउवाले आज आफ्नो पक्षको पदाधिकारीको टुंगो लगाउने भएका छन् । देउवा पक्षमा पनि पदाधिकारी टुंग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा तनावमा छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...