कांग्रेस सभापतिमा शेर बहादुर देउवा दोस्रो पटक विजयी

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट देउवा सभापतिको दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । देउवाले कांग्रेस सभापतिको दोस्रो कार्यकाल सञ्चालनका लागि भएको मतदानमा नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधि मध्ये २७३३ जनाको मत प्राप्त गर्नु भएको छ ।
देउवाका निकटम प्रतिद्वन्दी डा.शेखर कोइरालाले १८५५ मत प्राप्त गर्नुभयो । मंगलबार राति सम्पन्न भएको दोस्रो चरणको मतदानमा ४६२३ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका थिए, जसमा ३५ मत बदर भएको छ । दोस्रो चरणमा प्रवेशसँगै सभापतिका तीन प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङको समर्थन पाएपछि देउवाको जित सुनिश्चत भएको थियो ।
दोस्रो कार्यकाल निर्वाचित भएपछि नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सर्वाधिक शक्तिशाली नेता बन्ने अवसर देउवालाई प्राप्त भएको छ । पहिलो चरणमा देउवाले नै सबैभन्दा बढी मत ल्याएको भएपनि नेपाली कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणबाट सभापति छानिएको हो ।
पहिलो चरणमा पाँच जनाबीच भएको प्रतिस्पर्धामा शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नुभएको थियो । उहाँलाई पहिलो चरणमा नै विजयी ८२ मत अपुग भएको थियो । पहिलो चरणमा कुल ४६८१ म खसेकोमा डा. कोइरालाले १७२९ मत प्राप्त गर्नुभएको थियो । यस्तै सभापतिका अर्का प्रतिस्पर्धि प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...