माओवादी महाविधेशन: उत्पीडित समुदायका निम्ति विशेषाधिकार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गरेको जनाएको छ ।
पहिलो पटक दलित समुदायलाई थप अधिकार (विशेषाधिकार) को व्यवस्थासहित पार्टी संरचनामा प्रतिनिधित्व बढाउने सवाललाई जोड दिइएको छ । करिब १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायबाट केन्द्रीय समितिमै पहिलो पटक १५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेर विशेषाधिकारको अभ्यास सुरु गरेको नेता परशुराम रम्तेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार १५ सदस्यीय पदाधिकारी पनि पूर्ण रुपमा समावेशी हुने छ । कूल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५, युवा २०, दलित १५ र मुस्लिमको पाँच प्रतिशत प्रतिनिधित्व हुनेछ । माओवादीले प्रदेश र स्थानीय तहमा पनि दलितका लागि १५ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरेको छ । १३ प्रतिशत दलितलाई दुई प्रतिशत थप गरेर विशेषाधिकारको व्यवस्था गरिएको हो ।
नेता रम्तेलले भन्नुभयो–‘राज्यका केही संरचनामा समावेशी सहभागिताको निम्ति आरक्षणको व्यवस्था गरिएको छ, राजनीतिक पार्टी पनि समावेशी बन्दै गएका छन्, तर विशेषाधिकारको अभ्यास माओवादी नै पहिलो पटक गर्दैछ ।’ आजदेखि काठमाडौंमा हुने उक्त पार्टीको महाधिवेशनबाट विधान पारित भएसँगै केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जनाको प्रतिनिधित्व हुनेछ ।
सोमा महिला १३, युवा महिला तीन, युवा पुरुष छ र खुला २३ हुनेछन् । हालको १७९ सदस्यीय केन्द्रीय समितिमा सात दलितको प्रतिनिधित्व छ । त्यस्तै मुस्लिमबाट १५ जनाको प्रतिनिधित्व हुनेछ । त्यसमा १५ जनामा महिला चार, युवा महिला एक, पुरुष दुई र खुला आठ जना हुनेछन् ।
कूल ६७ महिलाको प्रतिनिधित्व हुनेछ । जम्मा ४८ युवाको प्रतिनिधित्वमा महिला १७ र पुरुष ३१ हुनेछन् । एक सय २४ सदस्यमा खुल्ला प्रतिस्पर्धा हुनेछ । यसैमा खस, आर्य, मधेसी, थारू, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति खुलाबाट आउनेछन् तर यी जातजातिको सवालमा निश्चित कोटा नछुट्याए पनि समानुपातिक हुनेछ ।
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले आठौँ महाधिवेशन पनि पार्टी सबैभन्दा समावेशी हुने दाबी गर्नुभयो । माओवादी केन्द्रले वर्तमान सरकारमा समेत महिला, मधेशी, आदिवासी जनजाति, दलित र उत्पीडित समुदायको प्रतिनिधित्वसहित समावेशी ढङ्गले मन्त्रिपरिषद्मा पठाएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले चिनियाँ सर्वोच्च नेता माओत्सेतुङको जन्मदिनका दिन आज काठमाडौँमा आठौँ महाविधेशन गर्दै छ । महाधिवेशनसँगै माओवादी केन्द्र बहुपदीय प्रणालीमा जाँदै छ । अन्तरिम विधानअनुसार पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको छ । पदाधिकारीमा आरक्षणको व्यवस्था गरिएको छैन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



