प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो ।
प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गर्नुभएको थियो । नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।
नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकले अध्यक्षबाहेकको पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...