नेपाललाई बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सुझाव : ‘खोपमै केन्द्रित हुनुपर्छ’

लण्डन– बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका हुन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा.सुधिर लोहनीले नयाँ ओमिक्रोन भेरियन्टमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए । बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी संक्रामक रहेको जनाए ।
‘यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घाँटीमा असर गर्ने भएकाले कम घातक छ । तर संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ’, उनले भने । संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने डा. लोहनीको सुझाव छ । ‘शरिर निष्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ’, उनले भने ।
नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा.कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको धारणा व्यक्त गरे । सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिँदै उनले भीडभाडमा नजाने, नियमित रुपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने र मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिए ।
नेपालको हकमा पनि ओमिक्रोन संक्रमण थप जटिल बन्ने जोखिम औँल्याउंदै डा.अर्यालले नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने बताए । बेलायतमै कार्यरत सिनियर नर्स सुनिता गौतम थापाले ओमिक्रोनको कारण बेलायतका अस्पतालमा समेत अहिले चाप निकै बढेको बताइन् । तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आइसियूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मी नै संक्रमित बनेकाले समस्या भएको उनले सुनाइन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



