अस्ट्रेलियामा बनेको ‘पर्पला’ को फर्स्टलुक सार्वजनिक

काठमाडौं– अस्ट्रेलियामा बनेको नयाँ चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । कोभिड-१९ को महामारीले विश्व ग्रस्त भएको भयता पनि नेपाली सिनेमा निर्माणलाई पनि निरन्तरता दिनु पर्छ भन्ने उदेश्य राखेर नेपालीहरुको बाक्लो बसोबास रहेको अष्ट्रेलिया त्यसमा पनि सिड्नीमा नेपाली थ्रिलर हरर सिनेमा ‘पर्पला’ को निर्माण गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका बिभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको कुरा लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए ।
हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा रहेको र दोस्रो चरणको छायाँकन छिट्टै गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ । निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसंग मिलेर चलचित्र ‘पर्पला’ को निर्माण गरेका हुन् । उनले निर्माण गरेको पछिल्लो चलचित्र ‘लाल्टिन’ पछि अस्ट्रेलियामा बसोबास गर्दै आएका उनले यो बिचमा म्युजिक भिडियो, शर्ट मुभी निर्माण साथै नेपाली चलचित्रहरुको अस्ट्रेलियामा प्रदर्शन गर्दै आएका छन् ।
अष्ट्रेलिया बसेर नेपाली फिल्मको निर्माण र प्रवर्धनमा एक दशकदेखि निरन्तर लागि परेका मनोज अधिकारी ‘पर्पला’ फिल्मका लेखक तथा निर्देशक हुन् । उनले अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए। यस लगायत अष्ट्रेलिया र नेपालमा बनेका थुप्रै फिल्ममा निर्माताका रुपमा पनि अनुभब बटुलेका उनले अष्ट्रेलियन सिनेमा ‘गर्ल एडिक्टेड’ निर्देशन गरी सकेका छन्।
‘पर्पला’ चलचित्रको कथा लेख्नको लागि नर्सिङ पेशामा रहेकी आफ्नी श्रीमती र अरु साथीभाईहरुले सुनाएका घटनाहरुले प्रेरणा दिएको उनि बताउछन् । पर्पला फिल्मका मुख्य अभिनेता पुकार गौतम रहेका छन् । उनी नेपालमा झरना थापासँग ‘झिल्के’ नामक सिनेमा खेलेका थिए भने अष्ट्रेलिया गएपछी ‘ह्याप्पी न्यु इयर’ मा नायक भएर अभिनय गरी सकेका छन् । पुकारले ‘पर्पला’ लाई चलचित्र क्षेत्रमा अगाडि बढाउँदै स्थापित गराउन मद्दत गर्ने सिनेमाको रुपमा लिएका छन् ।
विगत पाँच वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएकी निखिला बुढाथोकी पेशाले नर्स हुन् । उनी अस्ट्रेलियामा राम्रो बेली डान्सरको रुपमा परिचित छिन् । उनले थुप्रै इभेन्टमा आफ्नो प्रतिभा देखाउनुका साथै आधा दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन् । अभिनय समेत अब्बल निखिला ‘पर्पला’ फिल्मकी मुख्य नायिका हुन् ।
विगत १२ वर्षदेखि अस्ट्रेलियामा महिला व्यवसायिको रुपमा स्थापित रोजी पन्तले पनि यसै चलचित्र मार्फत सहनायिकाको रुपमा डेब्यु गर्दैछिन् । यसअघि उनले बिभिन्न म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो कला देखाई सकेकी छन् । त्यसैगरी नेपालमा रहँदा केही टेलीसिरियल र नेपाली चलचित्रमा अभिनय गरेकी प्रेक्ष्या अधिकारीले पनि ‘पर्पला’ फिल्ममा सह नायिकाको रुपमा अभिनय गरेकी छन ।
अष्ट्रेलियन कलाकार ओल्गा तमरा अष्ट्रेलियन फिल्म क्षेत्रमा चिनिएको नाम हो । पर्पला फिल्मको कथा र स्क्रिप्ट मन पराएर यस नेपाली सिनेमा खेल्न राजी भएकी हुन् । उनको फिल्ममा विशेष भूमिका रहेको छ । यी लगायत १ दर्जन भन्दा बढी अष्ट्रेलियन कलाकारले पनि यस सिनेमामा अभिनय गरेका छन् ।
आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् । अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् । रबिन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन् । सरस्वती गौतम, सृजना ल्वागुन, भिम राज रसाइली, वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन् ।

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...

भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको...

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...