अष्ट्रेलिया डे बिबिध कार्यक्रम सहित मनाइदै

सहभागिताको लागि अष्ट्रेलिया भर कै नेपाली  समुदायमा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, माघ ५, २०७८

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलिया कुइन्सल्यान्डको आयोजनामा जनवरी २६ मा पर्ने अष्ट्रेलिया डे मा ब्रिजवेनमा बृहद नेपाली सांस्कृतिक तथा जानकारीमूलक कार्यक्रम आयोजना सहित मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एक प्रेस बिज्ञप्ति जारि गरि कार्यक्रमको बारेमा अष्ट्रेलियामा रहनु भएका सबै नेपालीहरु लाई जानकारी गराउदै सहभागिताको लागि अनुरोध गरेको छ।

अष्ट्रेलिया डे अष्ट्रेलियाका बिगत र वर्तमानका आदिवासी पुर्खा, उनीहरुका योगदान, उनीहरुले आर्जेको तथा अहिले हामीले प्रयोग गरिहेको जमिन र उनीहरुका सन्ततिहरु प्रति उच्च सम्मान व्यक्त गर्दै राष्ट्रिय एकताको प्रतिकका रुपमा मनाउने गरिन्छ। यसैमा एक्यबद्दता जनाउदै नेपाली समाजले पनि यो दिवस मनाउन लागेको प्रतिष्ठानले जनाएको छ।

अष्ट्रेलिया डे कै दिन पारेर २६ जनवरीका दिन दिउसो १२ बजे बाट साँझ ६ बजे सम्म अनलाईन ( भर्चुवल ) माध्यमबाट हुने उक्त कार्यक्रम यहाँका हामी सबै नेपालीका कार्यक्रमको रुपमा सम्पन्न गर्न गैर आवासिय नेपाली संघ अष्ट्रेलिया, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड (एनएक्यु), कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर (क्युएनसिसि), नेपलिज अष्ट्रेलियन टेनिस कल्व, शेर्पा किदुग लगायत धेरै नेपाली सामाजिक संघसंस्थाहरु प्रतिष्ठानको अनुरोधमा सहयोगीका रुपमा कार्यक्रमलाई साथ र सहयोग गरेको छ भने बिभिन्न संस्थाका प्रतिनिधी, संचारकर्मी तथा समाजिक अगुवा सहितको आयोजक समितिको सहकार्य र  एक्यबद्दतालाई नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान कुइन्सल्यान्डले धन्यबाद व्यक्त गरेको छ।

“सेयरिङ एण्ड केयरिङ अष्ट्रेलिया डे नेपलिज इभेन्ट” नाम दिइएको यस कार्यक्रमका लागि नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलिया, कुइन्सल्यान्डले नेशनल अष्ट्रेलिया डे काउन्सिलबाट अनुदान प्राप्त गरि ब्रिजवेनको मिल्टनस्थित फ्रियु पार्कमा आयोजना गरिन लागिएको थियो। जसमा नेपाली तथा अष्ट्रेलियाको सांस्कृतिक महत्व झल्किने गित-संगित, नाचगान, खानाका परिकार तथा नेपाली कला, संस्कृति झल्कने परम्परागत सामग्रीहरु को प्रदर्शनी समेत मुख्य आकर्षणका रूपमा रहने भनिएको उक्त कार्यक्रम कोभिडको बढदो संक्रमण र जोखिम द्रुततर रुपमा बढे संगै समुदायलाइ सुरक्षित राख्नु श्रेयस्कर ठानी अनलाइन जुम तथा फेसबुक मार्फत समुदायमा पुर्याउने बिश्वासका साथ अगाडि बढाएको पनि प्रतिष्ठानले जनाएको छ । अनलाइन कार्यक्रममा पनि औपचारिक र   सांस्कृतिक महत्व झल्किने गित-संगित, नाचगान समुदाय समक्ष प्रस्तुत गरिने छ ।

कार्यक्रममा लाइभ मार्फत सहभागिता जनाई हाम्रो कला संस्कृति र साहित्य एक चोटी हामी सबै माझ पुराउन सबैको साथ सहयोगको लागि आयोजकले सबैमा अनुरोध गरेको छ।  सहभागिताको लागि  प्रतिष्ठानको फेसबुक पेज  https//www.facebook.com/qldnkssp लाई लाईक गरेर लाईभ प्रसारणबाट कार्यक्रममा भर्चुवल सहभागिता जनाउन सकिनेछ। थप जनाकारीका लागि संस्थाको फेसबुक पेज मार्फत सम्पर्क गर्न सकिनेछ।

प्रतिष्ठानको प्रेस बिज्ञप्ति-