नेपालमा थोरै घट्यो संक्रमितको हुनेको संख्या

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा २३ हजार ९२ जनाको परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ जनाको पीसीआर गर्दा ८८ सय १५ तथा ४४ सय ७४ जनाको एन्टीजेन गर्दा १८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ७ सय ६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७४ हजार ४ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंमा बिहिबारको तुलनामा शुक्रवार संक्रमित हुनेको संख्या थोरै घटेको छ । शुक्रवार काठमाडौंमा ४ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार काठमाडौंमा संक्रमित हुनेहरुको संख्या ५ हजार एक जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रवार काठमाडौंमा ७ सय १२ शुक्रवारको तुलनाममा बिहिबार काठमाडौंमा ७ सय १२ जना बढीमा संक्रमण पुष्टि भएको थियो । ललितपुरमा पनि बिहिबार भन्दा शुक्रवार संक्रमित हुनेको संख्या घटेको छ । शुक्रवार लतिलपुरमा ५ सय ६७ जनामा पुष्टि भएको छ भने बिहिबार ११ सय ३० जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै भक्तपुरमा शुक्रवार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने भने बिहिबार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो ।