समीर र जेनिशाको स्वरमा ‘सुटुक्कै…’

म्युजिक भिडियो सहित
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेका गायक समीर आचार्य तथा गायिका जेनीशा गौतमको स्वरमा एक फरक शैली  नयाँ गीत ‘सुटुक्कै…’ हालै सार्वजनिक भएको छ । राजेन्द्र भट्टको संगीतमा तयार पारिएको उक्त गीतका शब्दहरु नवराज कलाउनीले रचना गरेका छन् । मोहित मुनाल यो गीतका संगीत संयोजक हुन् । गीतको भिडियोमा राहुल शाह र अलिसा शर्माको जोडीले अभिनय गरेका छन् । हरि हुमागाइँको छायांकन तथा राहुल शाहको कोरियोग्राफी तथा निर्देशनमा यो भिडियो तयार भएको हो । टेकेन्द्र शाह यो गीतको भिडियो सम्पादक हुन् ।
समीर आचार्य अष्ट्रेलियाका नेपालीहरुका लागि नौलो नाम होइन, त्यसै गरि गायिका जेनीशा गौतम यस अगाडी पनि बिभिन्न गितहरु मा मोडलिङ्ग सहित कलाकारिता विधामा परिचित र उदयीमान प्रतिभा हुन् । त्यसको अलावा उनि  सामाजिक एबम परोपकारी कार्यहरु ले पनि परिचत छन् ।
गायक समिर संग जोडिएर लोकप्रिय कलाकार सहितको म्युजिक भिडियोमा स्वर दिन पाएकोमा जेनिशाले प्रसन्नता व्यक्त गरिन ।  आफुले यो गितबाट धेरै सिक्ने अबसर पाएको र सोहि अनुसार नै धेरैको माया सल्लाहा र सुझाब पाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै आउने दिन अझ बढी संगीत साधनामा आफुलाई निखार्न थप पेरणा मिलेको पनि जेनिशाले द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा बताइन।
म्युजिक भिडियोको लागि –