राष्ट्रिय सहमतिमा एमसिसी अगाडि बढाउनुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं– सत्तासाझेदार नेकपा ९माओवादी केन्द्र०ले यथास्थितिमा एमसिसी सम्झौता संसद्मा टेबल गरिए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसिसी सम्झौतामा रहेका असमान सर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई पक्षमा मतदान गर्न नसकिने निर्णय गरेको हो । ‘एमसिसी सम्झौता यथास्थितिमा अगाडि बढाउन सकिँदैन, पास गर्न सकिँदैन । जबर्जस्ती एमसिसी टेबल गरिए त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ’, बैठकपछि माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले भन्नुभयो ।
बैठकले एमसिसीमा रहेका राष्ट्रिय हित अनुकूलका प्रावधान संशोधन नगरी यसलाई अगाडि बढाउन नसकिने निष्कर्षसमेत निकालेको छ । ‘अहिले विपक्षी पार्टीले संसद् अवरोध गरिरहेको अवस्था छ । सदन सञ्चालन गर्न जोड दिने, सदन सञ्चालन नगरी कुनै पनि एजेन्डा अगाडि बढ्न नसक्ने माओवादीको निष्कर्ष छ’, उहाँले भन्नुभयो । बैठकले सदन सञ्चालन गर्न विपक्षी नेकपा ९एमाले०सँग पनि आग्रह गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय सहमति जुटाएर मात्र एमसिसी सम्झौतालाई अगाडि बढाउनुपर्ने निष्कर्ष माओवादी बैठकले निकालेको छ । ‘राष्ट्रिय सहमतिबिना एमसिसी अगाडि बढ्न सक्दैन, गठबन्धनमा रहेका दलहरुका बीचमा सहमति हुनुपर्छ, दलहरुका बीचमा सहमति नभई यो अगाडि बढ्न सक्दैन’, प्रमुख सचेतक गुरुङले भन्नुभयो । उहाँले पाँच दलीय गठबन्धनको निर्णयबिना सरकार एक्लै अगाडि बढ्ने अवस्था हुँदैन भन्दै सरकारले गठबन्धन तोडेर जबर्जस्ती गरेको अवस्थामा सरकारमा रहने सम्भावना नरहने बताउनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



