अष्ट्रेलियाको राजदूतावास भवन निर्माण अर्को चरणमा

छिट्टै निर्माण कार्य सुरु हुने, सबैमा खुशी र उत्साहा
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाली राजदूतावास, क्यानबेराको राजदूतावास भवन निर्माण सम्बन्धि अन्यौलता लगभग अब सकिएको छ । भवन निर्माण अब नयाँ चरणमा प्रवेश गरेको नेपाली राजदूतावास, क्यानबेराले जनाएको छ। क्यानबेरा स्थिति ओमालीमा रहेको ६१९८ स्कवायर मिटर क्षेत्रफलमा फैलिएको जमिनमा निर्माणाधीन दूताबास भवनको निर्माण कार्यको महत्वपूर्ण कार्य भवनको स्वरुप कस्तो बन्ने भन्ने जिम्मा QCBS Global टेन्डर अन्तर्गत छनोट भएर नेपाली युवा इन्जिनियरहरु को समुह फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेसले पाएको थियो ।
उक्त जिम्मेवारी अन्तर्गत फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेसले २००० स्कवायर मिटरमा फैलने दूताबास भवनको नक्सा (Drawing/designs) तयार गरि यहाँको सरकारी निकाय संग समन्यवय गर्दै सफलता पुर्बक नक्शा पास गर्न सफल भएको छ । फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेसका अरुण श्रेष्ठका अनुसार नेपाली शैली एबं नेपालपन झल्कने यस भवनको डिजाइनमा आफुहरु यहाँको सरकारी निकाय र नेपालको सरकारी निकाय एबम दूताबास संग समन्वय गर्दै अप्रुभल लिन सक्षम भएको बताए ।  कामको सुरुवात देखि नै कोभिडको महामारी बिच भावनात्मक सम्बन्ध रहेको यो भवनलाई आफ्नोपन दिनु त थिदै थियो त्यसमा पनि यहाँको सरकारी निकायलाई उसका प्रक्रिया र निर्धारण गरेका नियम भित्र रहेर नक्शा पास गराउनु चुनौतीपूर्ण कार्य थियो तर टिमका साथीहरु को मेहनत र सबैको प्रयासले यो सम्भब भएको श्रेष्ठले बताए । नेपाल संग सामिप्यता झल्कने, हामी सबैको भावना संग मिल्ने दुताबासको भवन अब निर्माण कार्यको चरणमा जाने र यो डिजाइनरहरु को लागि मात्र नभै सबैको गौरबको बिषय रहने पनि अरुणले बताए।
यसै बिच दूताबासले पनि एक बिज्ञप्ति जारी गरि यहि बर्षको जुलाईबाट भवन निर्माण कार्य  सुरु हुने र भवनले नेपाली मौलिक कला, संस्कृति झल्काउने बताएको छ ।  निर्माण कार्य सुरु भएको दुई देखि तीन वर्ष भित्रमा भवन निर्माण कार्य सम्पन्न हुने अपेक्षा पनि दूताबासले गरेको छ।
भवन निर्माण प्रक्रियामा परराष्ट्र मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागबाट प्राप्त निरन्तर सहयोग, सुझाव र निर्देशन एवं अष्ट्रेलिया सरकारका सम्बन्धित निकायबाट प्राप्त सहयोग, भवनको निर्माणको लागि आवश्यक जग्गा खरिद एवं डिजाइन प्रक्रियामा योगदान गर्नुहुने पूर्व महामहिम राजदूत, कर्मचारीहरु र नक्सा तयार गर्ने परामर्शदाता कम्पनी फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेसर मिक्रिस जेभी लागाएत सबैमा दूताबासले धन्यवाद व्यक्त गरेको छ।
(फोटो: नेपाली राजदूतावास, क्यानबेरा)